हाम्रो बारेमा

/
हाम्रो बारेमा

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति


अन्नपूर्ण गाउँपालिका वडा नं. ११, घान्द्रुकमा स्थापित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति (२०७४) स्थानीय पर्यटन व्यवसायीहरूको संगठित संस्था हो । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम (८०९१ मिटर) हिमालको सफल आरोहण गरी आठ हजारभन्दा अग्ला हिमाल आरोहणको विश्व कीर्तिमान राख्न सफल भएका थिए । र सोही दिन अर्थात् जुन थर्डलाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिएको सन्दर्भमा गत वर्षदेखि अन्नपूर्ण म्याराथन आरम्भ गरिएको हो । खेल पर्यटनको विकास सम्बन्धी गुरुयोजना तयार गरी तत्सम्बन्धी कार्ययोजनालाई साकार पार्न स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्यका लागि प्रतिबद्ध छ ।

सभापतिको भनाई

सम्पूर्ण सहभागीहरु,

अन्नपूर्ण म्याराथन हरेक वर्ष अन्नपूर्ण दिवस अर्थात् जुन ३ तारिखका दिन हुने गर्दछ । विशेषतः फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३, १९५० मा मा अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटटर) को सफल आरोहण गरेको दिनको सम्झनामा यो म्याराथुन आयोजना गरिन्छ । हिमाल आरोहणको विश्वइतिहासमा ८ हजारभन्दा अग्लो हिमालको सफल आरोहण भएको दिन जुन ठर्डलाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिन्छ । सोही सन्दर्भमा खेल पर्यटनका माध्यमबाट अन्न्नपूर्ण आधारशिवरको पर्यटन प्रवद्र्धन गरी त्यहाँको पूर्वाधार विकासमा सहयोग पुगोस् भन्ने अभिप्रायले गतवर्षदेखि अन्नपूर्ण म्याराथन आयोजना गरिएको हो । र, बढी भन्दा बढी अल्ट्रा धावकहरुलाई सहभागी गराउन व्यापक प्रचार अभियानको थालनी पनि गरिएको छ । र, यसले विश्वका सबै धावकहरुलाई एउटै मञ्चमा भेला हुने र आपसी भाइचार एवं मित्रता कायम गर्न समेत सहयोग पुग्नेछ ।

अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट आरम्भ हुने म्याराथन, माछापुच्छे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, बम्बो, भनुवा, सिनुवा, छाम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक गाउँमा आएर टुङ्गिन्छ । प्राविधिहरूको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा म्याराथन रुट निर्धारण गरिएको हो । प्राविधिकका अनुसार एभेरष्ट म्याराथन रुटभन्दा अन्नपूर्ण म्याराथ रुट धेरै सरल र सहज छ ।

गतवर्ष हामीले अन्नपूर्ण म्याराथनसहित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव विभिन्न तीन चरणमा सम्पन्न गरेका थियौं । अबका दिनमा एकै चरणमा अन्नपूर्ण म्याराथन सहित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई समेत निरन्तरता दिइने छ । यसले नेपालको पर्यटनको विकाससँगसँगै  खेल पर्यटनको समेत विकास हुने अपेक्षा गरिएको छ ।

ललित गुरुङ

सभापति

अन्नपूर्ण म्याराथन आयोजनक समिति

हाम्रो टिम

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथन सफलतापूर्वक सम्पन्न गर्न एक मूलसमारोह समिति क्रियाशील छ । टिमबारे संक्षिप्त विवरण तपसील बमोजिम उल्लेख गरिएको छ ।

क.  मूल समारोह समिति
  •  ललित गुरुङः, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति
  • दिलीप गुरुङ, महासचिव, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति

ख. प्राविधिक टिम

  • खड्गबहादुर रानाभाट, टेक्निकल डाइरेक्टर
  • कृष्णबहादुर बस्नेत, सहायक टेसक्नकल डाइरेक्टर
  • डविन गुरुङ किसम, म्याराथन संयोजक

हाम्रा गतिविधि

स्थापनाको पहिलो वर्षमै संस्थाले विभिन्न तीन चरणमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो चरण २०७४ साल असोज २५ अन्नपूर्ण आधारशिविर, दोस्रो चरण पुस १०–१५, र तेस्रो चरण २०७५ जेठ १८–२० सम्म अन्नपूर्ण म्याराथन सहितका विविध खेलकूद एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरियो ।

सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण हिमालको सफल आरोह गर्ने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक अन्नपूर्ण आधारशिविरमा नै स्थापना गरिएको छ ।

प्रथम अन्नपूर्ण म्याराथनका विजेता ‘टेप–टेन’ धावकहरूः

अन्नपूर्ण आधारशिविरबाट आरम्भ भई माछापुछ्रे आधारशिवर, वगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, द्यौैलुडाँडा, चुइले, टाँडापानी, भैंसीखर्क, हुँदै घान्द्रुक पुगेर टुङ्गिने गरी म्याराथनको रुट निर्धारण गरिएको छ । र, यसको दुरी ४२.१९५ कि.मी. छ । प्रथम अन्नपूर्ण आधारशिविरमा ६३ जना धावक सहभागी भएका थिए । टप टेन धावकहरूले सो दुरी पार गरेको समय र स्थानबारे निम्नानुसारको तालिकामा उल्लेख गरिएको छ । विजेता धावकहरूलाई नगद पुरस्कारसहित पदक र प्रमाण पत्रको व्यवस्था छ 

क्र.स विजेता धावकको
नाम र स्थान
आवद्ध
संस्था
समय पुरस्कार राशी
हरि कुमार रिमाल (प्रथम )
नेपाल आर्मी
४ घ.१७ मि.० से.
रु. १,०००००।–
पूर्ण तामाङ (दोस्रो)
नेपाल आर्मी
४ घ.१७ मि. ४२ से.
रु. ७०,०००।–
होमलाल श्रेष्ठ (तेस्रो)
नेपाल आर्मी
४ घ.२० मि. ३८ से.
रु.५०,०००।–
रूपबहादुर बूढा (चौंथो)
नेपाल आर्मी
४ घ.२५ मि.४७ से.
रु. ११,०००।–
भूमिराज राई (पाँचौं)
नेपाल प्रहरी
४ घ.४२ मि. ०९ से
रु. १०,०००। –
अनिल कुमार बाइबा (छैठौं)
व्यक्तिगत
४ घ.५७ मि. ५३ से
रु. ९,०००।–
दुर्गाराज बूढामगर (सातौं)
व्यक्तिगत
४ घ.५८ मि. ३० से
रु. ८,०००।–
रूपलाल बूढामगर (आठौं)
व्यक्तिगत
५ घ.०९ मि. ५३ से
रु. ७,०००।–
शेरबहादुर थारु (नवौं)
व्यक्तिगत
५ घ.११ मि. २० से
रु. ६,०००।–
१०
दामोदर बूढामगर (दशौं)
व्यक्तिगत
५ घ.१२ मि. ४५ से
रु. ५,०००।–

दोस्रो अन्नपूर्ण म्याराथन

दौड मिति

मिति: मई २९ – ४ जून, 201९
रेस मिति: जुन ३, २०१९
एवेंट: ४२.१९९ किलोमिटर
बन्द मिति: मई २९, २०१९

पुरस्कार राशी

स्थान पुरस्कार राशी
प्रथम
रु. १,००,०००।–
दोस्रो
रु. ७०,०००।–
तेस्रो
रु.५०,०००।–
चौंथो
रु. ११,०००।–
पाँचौं
रु. १०,०००। –
छैठौं
रु. ९,०००।–
सातौं
रु. ८,०००।–
आठौं
रु. ७,०००।–
नवौं
रु. ६,०००।–
दशौं
रु. ५,०००।–